हेटौंडा– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नोवेल कोरोना भाइरस (कोभिड–१९) बारे भ्रम फैलाउनेलाई कारवाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आइतबार नियमित प्रेस ब्रिफिङमा कोरोनाबारे बिना आधार, बिना तथ्य बोल्नेलाई कारवाही गर्ने बताउनुभएको हो ।
उहाँले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले भनेका बाहेकका कुरा सार्वजनिक नगर्न पनी आग्रह गर्नुभएको छ । ‘कोरोना भ्रम हो, यो उब्जाइएको समस्या हो भने विभिन्न व्यक्तिहरूले बोलीरहनु भएको छ’ गौतमले भन्नुभयो, ‘त्यसरी बोल्नेहरूलाई कानून अनुसार कारवाही गर्छौं ।’