मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले दिगो विकासको लक्ष्य प्राप्तीका लागि स्थानीय तहको सकृयता आवश्यक रहेको बताउनुभएको छ । प्रदेश निति तथा योजना आयोगको आयोजनामा बुधबार हेटौंडामा आयोजित कार्यक्रममा उहाँले दिगो विकासको लक्ष्य हाँसिल गर्न स्थानीय तहले उत्पादन र उत्पादक्त्व बृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय योजना आयोग, प्रदेश निति तथा योजना आयो र जिल्ला समन्वय समिति मकवानपुरको समन्वय एवम् संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमको सहकार्य आयोजित पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी बिस्तृत अध्यन कार्यक्रममा उहाँले भोकमरीको अन्त्य, खाद्य सुरक्षा, पोषणमा सुधार र दिगो कृषि प्रवर्द्धन जस्ता दिगो विकासका लक्ष्यहरू हासिल गर्न स्थानीय तहको सकृयता आवश्यक रहेको बताउनुभयो । उहाँले आईपर्ने विपतको सामना गर्न र आफ्नो पालीकाको उत्पादन बृद्धिमा स्थानीय तहले निति निर्माण गर्दा विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो । यस्तै प्रमुख खुलालले जलवायु परिर्वतनको असर कम गर्ने तर्फ ध्यान दिनुपर्ने साथै निति निर्माण गर्दा तल्लो तहको बिश्लेषण हुन जरुरी रहेको औल्याउनुभयो ।
कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले दिगो विकासका लक्ष्य मध्ये खाद्य र पोषण सुरक्षाका लक्ष्यहरू हासिल गर्न तीनै तहको सरकारको सहकार्य आवश्यक रहेको समेत बताउनुभयो । जिसस प्रमुख खुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश निति तथा योजना आयोगका सदस्य राजु नेपाल, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामा, कैलाश गाउँपालिकाका कार्यवाहक अध्यक्ष सुकुमाया थिङ, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखे, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पाबर्ती राना, बिश्व खाध्य कार्यक्रमका बागमती प्रदेश संयोजक राजु क्षेत्रीलगायत मकवानपुरका १० वटै स्थानीय तहका विपद व्यवस्थापन शाखा र कृषि शाखाका कर्मचारीहरुको सहभागिता थियो ।