काठमाडौँ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। आइतबार देशको पहाडी -भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भू-गका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा, हिमपात र तराईका केही भू-भागमा हुस्सुरकुहिरो लाग्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।











