सांकेतिक तस्विर

मकवानपुर । पूर्वि मकवानपुरको बकैया गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आईतबार दिउँसो बकैया–९,देउबुजेमा चट्याङलागेर ३२ वर्षीय नविन मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोक्तानलाई आइतबार दिउँसो ४ बजेको समयमा चट्याङ लागेको हो । बिकैयाको शिखरपुर घर भएका मोक्तान देउजु मामाको घर बाहिर बसेको ठाउँमा चट्याङ लागेको थियो । चट्याङ लागेर मोक्तानको घट्ना स्थलमानै मृत्यु भएको प्ररीले जनाएको छ ।