नेपालले आज विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न प्रतिस्पर्धा गर्ने भएको छ । आइसिसी विश्वकप छनोट २०२३ को तेस्रो खेल अन्तर्गत नेपालले आज पहिलो पटक विश्वकप क्रिकेट बिजेता वेस्ट इन्डिजसँग खेल्न लनगेको हो ।
सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । ओडिआई वरियतामा नेपाल १४ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् ।