पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिको आडमा नेकपा एमाले पार्टी विभाजन भएको बताउनुभएको छ । पूर्व मन्त्री एवं एमाले नेता केशवप्रसाद बडालद्वारा लिखित ‘सिंहावलोकन’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले आफूहरूले पार्टी विभाजन हुनुका आन्तरिक र बाह्य कारण विश्लेषण गरेको स्पष्ट गर्नुभयो ।
परिवर्तन र आन्दोलनको नेतृत्व एमालेले गरेको बताउनुहुँदै अध्यक्ष ओलीले परिवर्तनको आन्दोलन कहिल्यै नमर्ने बताउनुभयो । ‘सिंहावलोकन’ पुस्तकका लेखक बडालले राजनीतिक यात्राका वास्तविकतामाथि आफूले कलम चलाएको बताउनुभयो ।











