मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने काे अध्यक्षातामा बसेकाे ९औँ गाउँसभामा उपाध्यक्ष भक्त बहादुर खत्रीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रस्तुत नीति कार्यक्रम गाउँसभाले स्वीकृत गरेकाे छ ।
पालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति कार्यक्रममा आर्थिक विकास र भौतिक विकसलाई पथमिकता दिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, उद्यमशीलता, रोजगरी, लगायत समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक लगायतका पक्षहरुलाई महत्व दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश श्रेष्ठले बताउनुभयो ।
हेर्नुहोस् पूर्णपाठ