हेटौंडा । नेपाल स्काउट बागमती प्रदेशले मकवानपुरमा रहेको २ वटा विधालयमा स्काउट पोशाक वितरण गरेकाे छ । नेपाल स्काउट बागमती प्रदेशले जिल्लाकाे मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको २ वटा विधालयमा नयाँ स्काउट इकाई संचालन गर्न प्रोत्साहन स्वरुप स्काउट पोशाक वितरण गरेकाे हाे ।
नयाँ स्काउट इकाई संचालन गर्न मकवानपुरगढी–५, धादिङ स्थित शारदा माविका ३२ जना र हेटौंडा–१, नकाैली स्थित कालिक आधारभुत विधालयका ३२ जना गरी ६४ जना छात्र र छात्रालाई भिन्नभिन्नै कार्यक्रमकाे आयाेजना गरेर पोशाक वितरण गरिएकाे हाे । सानै उमेरबाट नै सामाजिक भावनाको विकाश गरी अनुशासित र नैतिकवान जिम्मेवार नागरिक बनाउन विभिन्न जिवन उपयोगी सिप सिकाउदै विपदमा सहायता प्रदान गर्न सक्ने स्वंयसेवक निर्माण गर्न स्काउट पोशाक वितरण गरिएकाे स्काउट बागमती प्रदेश सदस्य अशोक सारु मगरले जानकारी दिनुभयाे ।
मकवानपुरगढीमा विधालयका प्रधानाध्यापक इन्द्र बहादुर कार्की अध्यक्षाता एवम् प्रदेश सदस्य अशोक सारु मगरकाे प्रमुख आतिथ्यतामा भएकाे हाे । कार्यक्रममा मकवानपुरगढी–५ का वडा अध्यक्ष दिपेश दाहाल, विधालय व्यवस्थापन समिति सदस्य नवराज न्यौपाने, नेपाल स्काउट बागमती प्रदेश सदस्य महेन्द्र राना, स्काउटर अनिल आचार्य, निशा गौतम, प्रदेश कार्यालय सहायक प्रमुख शौरभ अधिकारी विधालयका सहायक प्रअ देवनायक शर्मा, स्काउटर रमन झा, शिक्षक रजनी दुलाल र आशिष घलान लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै हेटाैंडा–१,स्थित कालिक आधारभुत विधालयमा विधालयका प्रअ बैकुण्ठ पराजुलीको सभाध्यक्ष्यता तथा कार्यपालिका सदस्य इश्वरी रसाइलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा १ नम्बर वडा सदस्य रामकृष्ण अधिकारी,सोनाम सिं ब्लोन, विधालय व्यवस्थापन समिति अध्यक्ष इन्द्र बहादुर पाख्रीनलगायतकाे उपस्थिती थियाे ।