विश्वभर कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना भाइरसको स्रोत पहिचान गर्न सम्पूर्ण मुलुकलाई आवहन गरेको छ ।

डब्ल्युएचओका अधिकारीहरुका अनुसार कोरोना भाइरसको उत्पत्ति पहिचान गर्न सके भइरस पुनः फैलने सम्भावना रोक्न सकिने बताएका छन् । कोरोना भाइरस महामारीलाई लिएर अमेरिका र चीनबीच कुटनीतिक विवाद चुलिदै जाँदा डब्ल्युएचओले कोरोना नियन्त्रणका लागि भाइरसको उत्पत्ति पैल्याउनु पर्नेमा जोड दिएको हो ।