हेटौंडा – नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाले एमाले जनताकाे दु:ख र पीडामा साथ दिने पार्टी भएकाे बताउनु भयाे । शनिबार नेकपा एमाले हेटाँडा १२ नम्बर वडा कार्यालयकाे उद्घाटन गर्दै उहाँले जनताको सुख दुखको साथी एमाले भएको बताउनुभएको हो । उहाँले नेकपा एमालेकाे नेतृत्व देशव्यापी विकासकाे लहर आएकाे भन्दै अबकाे सम्पूर्ण ध्यान स्थानीय निर्वाचन बैशाख ३० रहने बताउनु भयाे । कार्यक्रममा जिल्ला सचिव नवीन सिग्देलले आज हेटाैँडामा नेकपा एमालेकाे नेतृत्वमा भएकाे तिब्र विकासकाे परिणाम हेटाैडा उपमहानगरपालिकामा पार्टीले पुन अत्याधिक मतले विजयकाे झण्डा फराउने दावी गर्नुभयाे । कार्यक्रममा जिल्ला सदस्य कृष्ण नगरकाेटी, नगर अध्यक्ष शालिकराम पुडासैनी, नगर सदस्य वडा ईन्चार्ज अर्जुन अर्याल, रामचन्द्र स्याङ्गवाे लगायतले शुभकामना व्यक्त गर्नु भएकाे पार्टी नगर सदस्य राजेश नगरकाेटीले बताउनुभयाे । कार्यक्रम वडा अध्यक्ष बखान सिंकाे अध्यक्षतामा भएकाे हाे ।