मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रालयको सख्या घटाउने वताउनु भएको छ । मुख्यमन्त्री जमकट्टेलले प्रदेशमा रहेका १४ वटा मन्त्रालयलाई घटाएर ९ देखि बढीमा ११ वटा मन्त्रालय बनाउने वताउनुभयो । पहिलो चरणमा केही मन्त्री र दलहरुसंग सहकार्य गरेर मन्त्रीहरु नियुक्त गर्ने उहँँले वताउनुभयो ।
प्रदेशमा आगामी दिनमा दलहरुसंग सहकार्य गरेर विकास निर्माण कामलाई प्राथमिकता दिने उहाँले वताउनुभयो । यस प्रदेशमा कार्यदल गठन काम सुरु गर्ने वताउनु भएको छ । अहिलेको दोस्रो कार्यकालमा केही न केही फरक रुपमा काम गर्ने उहाँले वताउनुभयो । पहिलेको सरकार भन्दा अहिले आफुले फरक ढंगले काम गर्ने उहाँले वताउनुभयो । मुख्यमन्त्रीका रुपमा नियुक्त भएलगतै पत्रकारहरुलाई प्रतिक्रिया दिदै उहाँले अव यस प्रदेशमा विकास कामले गति लिने वताउनुभयो ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओबादीका संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनु भएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दावि पेस गरेका नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता जमकट्टेललाई मुख्यमन्त्रीका रुपमा नियुक्त गरिएको हो । प्रदेश प्रमुख शर्माले उहाँलाई आजै मुख्यमन्त्रीका रुपमा नियुक्त गर्नुभयो । उहाँ नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा, एकिकृत समाजबादी र हाम्रो नेपाली पार्टीका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेको आज अन्तिम दिनमा सत्ता साझेदार दलहरुका बिचमा सहमती जुटेसंगै आज यस प्रदेशले चौथो मुख्यमन्त्रीका रुपमा जम्मकट्टेल नियुक्त हुनु भएको हो । पहिले आन्तरिक मामिला मन्त्री र आर्थिक मामिला मन्त्रीका रुपमा काम गरिसक्नु जम्मकट्टेल मुख्यमन्त्रीका रुपमा नियुक्त भएसंगै अब मन्त्रीहरु नियुक्त गर्ने बाटो पनि खुलेको छ । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ । बागमतीमा मुख्यमन्त्रीमा समर्थन गर्ने दलहरुसंग ७० सिट छ ।