मकवानपुर – हेटौंडामा सोमबार (आज) बाट सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले उद्घाटन गर्नु भएको हो ।
आज भएको उद्घाटन खेलमा आयोजक हेटौंडा भेट्रान्स (बि) ले सिमरा भेट्रान्सले ट्रईब्रेकरमा ३–२ गोलअन्तरले पराजित गरेको छ । निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिईएको हो । खेलको म्यान अफ द म्याच हेटौंडा भेट्रान्सका सरोज राजथला घोषित भएका थिए ।
यस्तै प्रतियोगितामा चितवन राष्ट्रिय भेट्रान्सले वाइ पाएको छ । हाम्रो वीरगञ्ज क्लब सहभागि नभएपछि चितवनले वाइ पाएको हो । हेटौंडा–५, स्थित क्याम्पाचौरमा जारी प्रतियोगितामा मंगलबार पाँच वटा खेल हुने आयोजकले जनाइएको छ । मंगलबार सानो गौचरण नाइट किङ्ग र विहानी क्लब फरेष्ट्री हेटौंडा, एविसी पोखरा र कालभैरव क्लब हेटौंडा, नागस्वती भेट्रान्स हेटौंडा र वीरगञ्ज युथ क्लब, बौद्ध भेट्रान्स काठमाडौं र बानेश्वर फुटबल क्लब काठमाडौं तथा अभिषेक चर्च नवलपरासी र जोरपाटी काठमाडौंबीच खेल हुने आयोजकले जनाएको छ ।
सातौ संस्करणको प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा शिल्ड,दोस्रो हुने समुहले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड प्राप्त गर्ने छ । यस्तैप्रतियोगितामा उत्कृष्ठ मिडफिल्डर,फरवार्ड, डिफेन्डर,गोलकिपर र समुह कोचलाई जनही ५ हजार नगदले पुरस्कार प्राप्त गर्नेछन् । आगामी पौष ३ गते सम्म जारी रहने प्रतियोगितामा १८ वटा भेट्रान्स क्लबहरुको सहभागिता रहेको छ । प्रतियोगीतामा ४० वर्ष माथिका उमेर समुहका पुर्व राष्ट्रिय खेलाडीहरु सहितको सहभागिता रहेको छ ।