काठमाडौँ – देशभर आज थप ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार २ सय ३६ नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा ३ सय ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज ३ सय ७६ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल संक्रमित मध्ये ९८ प्रतिशत संक्रमित सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणका कारण आज थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ५७ पुगेको छ । आज देशभर १ लाख ८७ हजार ६ सय ६४ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।