देशभर पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप ७ सय ३१ जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ । आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल ६ हजार ३ सय ९६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोना भाइरसको संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म १ हजार ८ सय ४० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।