हेटौंडा । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल,हेटौंडा कमिटीले राष्ट्रिय धान दिवस मनाएको छ । हेटौंडा-५ स्थित राई टोलमा किसानको खेतमा रोपाइँ तथा दहीच्युरा खाएर दिवस मनाईएको युवा संघ नगर कमिटीका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिनुुभयाे । कार्यक्रममा नेकपा एमाले मकवापुरका अध्यक्ष एकालाल श्रेष्ठ लगाएत एमाले जिल्ला कमिटीका सदस्यहरु,युवासंघका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।