file photo

हेटौंडा । मकवानपुर जिल्लामा हालसम्म ३५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत मकवानपुर जिल्लाका प्रमुख केपी पौडेलका अनुसार जिल्लामा हालसम्म ३५ प्रतिशत धान रोपाई भएको छ ।
जिल्लामा वर्षे र चैते धान गरी ११ हजार ३ सय ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुनेमा वर्षे धानमा ९ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदैछ । वर्षे धान रोपाइँमा हालसम्म ३५ प्रतिशत रोपाइँ सम्पन्न भएको पौडेलले बताउनुभयो । उहाँले गत वर्ष वर्षे र चैते धान गरी मकवानपुरमा ४३ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएको बताउँदै यस वर्ष बाढी र पहिरोले असर नगरे र किसानले समयमै रसायनिक मल,बिउ पाएको अवस्थामा १० प्रतिशत उत्पादनमा वृद्धि हुने अनुमान रहेको बताउनुभयो । जिल्लाको हेटौंडा उपमहानगरपालिका, मनहरी, मकवानपुरगढी, बकैया र बागमती गाउँपालिका बढी धान उत्पादन हुने क्षेत्र हो । याहाँ मकवानपुरे १, सावित्री, वार लगाएतको धानहरु उत्पादन हुने गरेको छ ।