मकवानपुर – बागमती प्रदेशका प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना हुनुभएको छ । आठ वर्ष अगाडी मुटुमा राखिएको पेस मेकर परिवर्तन गर्न प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना हुनु भएको हो ।
पेस मेकर परिवर्तन गर्न प्रदेश प्रमुख शर्मा सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र बाँसबारीमा भर्ना हुनु भएको शर्माका प्रेस संयोजक शिव चौलागाईले जानकारी दिनुभयो । उहाँको बुधबार (भोली) पेश मेकर परिवर्तन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । प्रदेश प्रमुख शर्मा लामो समयदेखि मुटु रोगबाट प्रभावित हुनु हुन्छ ।