वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि सर्बियाका नोभाक जोकोभिचले जितेका छन् । ३६ वर्षीय जोकोभिचले बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेका हुन् ।
यो उनको करियरको २४औँ ग्राण्ड्स्लाम उपाधि हो । यो जित पछि उनले मारगरेट कोर्टको कीर्तिमानसँग बराबरी गरेका छन् ।जोकोभिचले १० पटक अष्ट्रेलियन ओपन, ७ पटक विम्बलडन ओपन, ४ पटक यूएस ओपन र तीन पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् ।