सरकारले पूर्वपश्चिम राजमार्ग विस्तार गर्न ३० अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्रीद्वारा संसदमा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को बजेटमा यस वर्ष ८०० किमि सडक निर्माण गर्ने र २५७ किमि सडक स्तरोन्नति गर्ने उल्लेख छ ।
नारायणगढ बुटबल सडक खण्ड विस्तार, कमला-कञ्चनपुर, कमला-पथलैया, बाँके खण्ड विस्तार गरेर चार लेन बनाइने उल्लेख छ । मध्य पहाडका २७ जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न मध्यपहाडी मार्गअन्तर्गत २३७ किलोमिटर निर्माण र ३३ पुल निर्माण गर्न बजेट बिनियोजन गरिएको छ । हुलाकी राजमार्गका लागि ६ अर्ब ७ करोड विनियोजन गरिएको छ। मदन भण्डारी राजमार्गका २ अर्ब ९१ करोड विनियोजन गरिएको छ । हुम्लालाई राष्ट्रिय राजमार्गमा जोड्न बजेट विनियोजन गरिएको छ। महाकाली पुनको निर्माण सम्पन्न गर्न ४१ करोड विनियोजन गरिएको छ।