पर्यटकलाई स्थानीय खानेकुरा देखि यातायात सम्मको व्यवस्था
मकवानपुर– मकवानपुरमा भ्रमण वर्ष २०२० को तयारी तीब्र पारिएको छ । भ्रमण वर्ष सुरु हुन एक हप्ता वाँकी रहेको अवस्थामा जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले तयारी तिब्र पारेको हो ।

तयारीका विषयमा मंगलबार जिल्लाका होटल व्यवसायि तथा यातायात व्यवसायिसंग छलफल गरेको छ । भ्रमण वर्ष सफल बनाउन प्रत्येक दिन सम्बन्धीत सरोकारवालासंग छलफल गर्ने, योजना बनाउने लगायतका कामलाई प्रथमिक्ता दिएर अगाडी बढेको जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख एवम् भिजिट नेपाल २०२० जिल्ला समिति संयोजक रघुनाथ खुलालले जानकारी दिनुभएको छ । भ्रमण वर्ष २०२० का अवसरमा आगमी पुष १५ र १६ गते जिल्लाका १० वटै स्थानीय तहहरुले समेत विभिद कार्यक्रम आयोजना गर्ने तयारी गरेको तथा जिल्ला स्तरमा समेत पर्यटन वर्षको भव्य स्वागत गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । उक्त दिन जिल्लाभर पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । भ्रमण वर्ष लक्षित पर्यटकलाई स्थानीय खानेकुरा देखि यातायात सम्मको व्यवस्था गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

मंगलबार भएको छलफलमा पर्यटन गन्तव्य सम्म पुग्ने सवारी साधन तथा होटल व्यवस्थापनका विषयमा छलफल भएको छ । छलफलमा पर्यटकका लागि आवश्यक यातायातको व्यवस्थापनका सन्र्दभमा होटलमा बस्ने पर्यटकलाई सम्बन्धीत होटलले यातायातको व्यवस्था गर्ने तथा अन्य पर्यटकहरुकालागि आवश्यक परेका बेला नारायणि यातायात व्यवसायि संघले स–शुल्क सवारी साधन व्यवस्था गर्ने निर्णय गरेको छ । त्यस्तै हेटौंडाबाट नजिकका पर्यटकिय स्थलहरुको गन्त्व्य निर्धारण गरेर रुट तय गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभएको छ । त्यस्तै पर्यटन वर्षका अवसरमा मकवानपुरका हरेक होटलमा स्थानीय उत्पादनका खानेकरालाई प्राथमिक्ता दिएर छुट्टै मेन्युको व्यवस्था गर्ने तथा होटलमा विषेश छुटको व्यवस्था गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।