हेटाैंडा – नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाले शुद्विकरण आँफैंबाट सुरु गरेर कम्युनिष्ट आन्दोलनलाई निष्ठाका साथ अगाडि बढाउन पर्ने बताउनु भएको छ । नेकपा एमाले, मकवानपुद्वारा आयोजित विभिन्न समितिको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेता रानाले आज गठबन्धन सरकारको नाममा राष्ट्रघात, जनविरोधी, अराजक क्रियाकलापले सीमा नाघेको बताउँदै नेकपा एमालेको प्रभावकारी भूमिकाबाट नै यस्तो गलत क्रियाकलापलाई विस्थापन गर्नसक्ने बताउनु भयो ।

May be an image of 7 people, people standing and indoor

कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा बाग्मती प्रदेशका प्रथम मूख्यमन्त्री डोरमणि पौडेलले नेपालको राजनीतिमा नेकपा एमालेको भूमिकाको प्रभावकारी बनाउँदा नै राष्ट्रियताको रक्षा, संघीय गणतन्त्रको सुदृढीकरण र जनताको समस्या हल गर्न सकिने बताउँदै पार्टीको अभियानमा सबै कार्यकर्ता परिचालित हुनपर्ने बताउँनु भयो । कार्यक्रममा लेखा समितिको संयोजकमा शेखर थपलियाको संयोजकत्वमा ७ सदस्यीय, जिल्ला सल्लाकार कमिटी बलराम हुँमगाईको नेतृत्वमा १ सय २५ सदस्यीय, जेष्ठ कम्युनिष्ट मञ्च बनमाली सुवेदीको अध्यक्षतामा २९ सदस्यीय समति गठन गरेको छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेल, प्रदेश कमिटी सदस्य बलराम बलले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरू रघुनाथ खुलाल, दिलबहादुर घिसिङ्ग, अर्जुन अर्याल, भोजराज ढकाल, जिल्ला उपाध्यक्ष लालबहादुर थापा, सचिव नवीन सिग्देल, उपसचिव हिदम लामा, सीता विष्टलगायतको उपस्थिति रहेको थियो ।