पोर्चुगल विश्वकपका लागि छनोट भएको छ । युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोलले हराउँदै पोर्चुगल फिफा विश्वकपमा छनोट भएको हो ।
पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । फर्नान्डेसले खेलको ३२ औँ र ६५ औं मिनेटमा गोल गरे । प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई २–० गोलले हराउँदै विश्वकपमा स्थान बनाएको छ ।