सुनको मुल्य आज तोलामा ६ सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको मुल्य ८९ हजार चार सय रुपैयाँ निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा उतार–चढाव आइरहेकाले नेपाली बजारमा पनि मुल्यमा फेरबदल भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मुल्य भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा ११ सय ९० रुपैयाँ छ ।