काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए  । संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो ।

समाजवादीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउन खोजेको संविधान संशोधनसम्बन्धी ड्राफ्ट सार्वजनिक गर्नुभयको छ  ।

हेर्नुहोस् प्रस्ताव