सरकारले दुई वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षभित्र थप ३० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने बताउनुभयाे । उहाँले व्यक्तिगत घटना दर्तालाई विद्युतीय प्रणालीमा अवलम्बन गर्ने जानकारी दिनुभयाे ।