भुटान सरकारले दिएको एस्ट्राजेनेका खोप काठमाण्डाै आइपुगेको छ । भुटानको ड्रुक एअरलाइन्सको विमानले बिहान ९ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको हो । भुटानले तीन लाख डाेज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । घोषणा अनुसारको खोप आए नआएको निश्चित भने भएको छैन । अहिले १४ लाख भन्दा धेरै ज्येष्ठ नागरिक कोभिसिल्डको पर्खाइमा छन् । जापानबाट भोलि र पर्सि आइपुग्ने खोप र भुटानबाट आएको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई दिने सरकारको तयारी छ ।