मकवानपुर– मकवानपुरमा आज एकै दिन ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै आज एकै दिन ४६ जनामा संक्रमण पुष्टिको हो ।
हेटौंडा–१० स्थित किटजन्य रोग तथा अनुसंधान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट बुधबार साँझ प्राप्त रिपोर्ट अनुसार १४ महिला र १८ पुरुष गरि थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।भदौं २२ गते स्वाब संकलन गरिएका १४६ जनाको बुधबार साँझ दोस्रो पटक सार्वजनिक गरिएको रिपोर्टमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । बुधबार साँझ थपिएका सबै हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका हुन् ।
यस अघि आजै दिउँसो १४ जनामा संक्रमण पुष्टि भएको थियो । दिउसो सार्वजनीक गरिएको रिपोर्टमा हेटौंडा उपमहानगरपलिकाका ७ जना, मनहरी गाउँपालिकाका ४ जना, थाहा नगरपालिकाका २ जना र राक्सिराङ गाउँपालिकाका एकजना गरी १४ जनामा संक्रमण पुष्टि भएको थियो ।