मकवानपुर– मकवानपुरमा बिगत १० वर्ष देखि शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था लीसा हिमालयन इभीले हेटौंडा अस्पतालाई समग्री सहयोग गरेको छ । संस्थाले अस्पताललाई १८ लाख भन्दा बढीको हस्पिटल बेड ५० सेट सहयोग गरेको हो ।

आज एक कार्यक्रमको आयोजना गरेर बागमती प्रदेशका मुख्यमनत्री डोरमणि पौडेलको उपस्थितीमा सामग्री हस्तान्तरण गरिएको थियो । संस्थाले अस्पताललाई बेड, बेड म्याटरेष्ट र सिरानी ५०–५० थान, सिरानीको खोल र तन्दा एक÷एक सय थान, बेड साइड लकर र स्टुल ५०–५० थान, आईभि स्ट्याण्ड ५० थान र व्यवस्थापन खर्च ५१ हजार ८ सय ७० रुपैंया गरी १८ लाख ३७ हजार ९ सय ३५ रुपैंया बराबरको सहयोग सामग्री हस्तान्तरण गरेको हो । लिसा हिमालय इभि जर्मनीका प्रमुख डानिला झ्यारिङ र नेपाल निर्देशक स्टेफन स्कोलीले हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल र मेडिकल सुपरीटेन्डेण्ट डाक्टर प्रविण श्रेष्ठलाई मुख्यमन्त्री पौडेलको रोहवरमा सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

समग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा अस्पताललाई सुविधा सम्पन्न तीनसय बेडको अस्पतालको रुपमा संचालन गर्ने तयारी भएको जानकारी दिनुभयो । उहाँले संस्थाले गरेको सानो सहयोगले महत्व ठुलो राख्ने भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सुविधा सम्पन्न बनाउन सबैको सकारात्मक भुमिका हुनुपर्ने बताउनुभयो ।
सामग्रीकाे विवरणा । प्राप्त सामग्री ।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले सहयोगका लागि लीसा हिमालयन ईभीलाई धन्यवाद दिनुका साथै सहयोग जुटाउन बिशेष भुमिका खेल्नुहुने अनुप पौडेललाई आभार व्यक्त गर्नुभयो । मुख्यमन्त्री पौडेलका स्वकीय अनुप पौडेलको समन्वयमा संस्थाल अस्पताललाई सहयोग गरेको हो ।
संस्थाले मकवानपुरको राक्सिराङ गाउँपालिकामा स्वास्थ्य, शिक्षा एवम् जिवीकोपार्जनको क्षेत्रमा काम गरिरहेको छ । संस्थाले विश्वभर फैलीएको कोरोना भाइरसको माहामारीका कारण जारी लकडाउनका बेलामा मात्रै उक्त गाउँपालिकाका ३ हजार ४७८ परिवाललाई खाद्यान्न सामग्री सहयोग गरेको जनाएके छ । आजको कार्यक्रममा जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, अस्पतालका चिकित्सकहरु, संचारकर्मीलगायतको उपस्थिती थियो ।