गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ । समानुपातिकतर्फ एमाले र कांग्रेसकले ९ लाख मत कटाएका छन् । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले अहिलेसम्म ९ लाख ७२ हजार ६ सय १० मत पाएको छ ।
नेपाली कांग्रेसले ९ लाख २८ हजार ४ सय ५६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ७६ हजार ४ सय २२ मतसहित तेस्रो स्थानमा छ ।
त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले चार लाख २६ हजार २ सय ८४ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ५३ हजार ७३ मत पाएको छ । जनता समाजवादी पार्टीले १ लाख १८ हजार ४ सय ३३, जनमत पार्टीले ७१ हजार ३ सय ६९, एकीकृत समाजवादी ६७ हजार ९ सय ८२, नागरिक उन्मुक्ति पार्टीले ६७ हजार २ सय २३, नेपाल मजदुर किसान पार्टीले ५७ हजार २ सय ४ मत पाएको छ । भने नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत दलहरुको समानुपातिकतर्फको मतसङ्ख्या एक लाखभन्दा कम छ ।