मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैंसे स्वास्थ्य चौकीमा साेमबार (आज) बाट स्वास्थ्य प्रयोगशाला सेवा संचालनमा आएकाे छ । प्रयाेगशालाकाे आज एक कार्यक्रमकाबीच भीमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामाले शुभारम्भ गर्नुभयाे ।
गाउँपालिकाले सबै नागिरकलाइ स्वास्थ्यकाे पहुँचमा ल्याउने उदेश्यका साथ प्रयाेगशाला (ल्याब) सेवा संचालनमा ल्याएकाे हाे ।

भीमफेदीको वडा नम्बर १,२,३,४ र ९ का जनसमुदायले मानब स्वास्थ्यसंग सम्बन्धित विभिन्न्न समस्याहरुको परिक्षण गर्न यो आर्थिक बर्षको लागि निशुल्क सेवा लिनेगरी प्रयाेगशाला संचालनमा ल्याइएकाे अध्यक्ष लामाले बताउनुभयाे । प्रयाेगशालाबाट यस क्षेत्रका सयौ परिवारले निशुल्क रुपमा सेवा लिन सक्ने उहाँले बताउनुभयाे । सानो स्वास्थ्य समस्या लिएर पनि हेटौंडा अस्पताल सम्म धाउनुपर्ने बाध्यता नहोस भन्ने उदेस्यले यो सेवा सुरु गरिएको उहाँले बताउनुभयो । ल्याब सेवाबाट सुगर, जण्डिस, मृगौला, गर्भ परिक्षण, एच आइ भी, हेपाटाइटिस, युरिक एसिड, टाइफाइट, दिसा पिसाब र रगत परिक्षण गरिने अध्यक्ष लामाले बताउनुभयो ।