मकवानपुर । बागमती प्रदेश सभामा विपक्षी दलका कारण जारी अवरोध हटेको छ । बजेटप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले प्रदेश सभा बैठकमा निरन्तर अवरोध गर्दै आएका थिए । आज सत्तापक्ष र विपक्षी दलबीच पाँच बुँदे सहमति भएसँगै अवरोध हटेको हो ।
प्रतिपक्ष दलले बजेटमा उठाएको असहमतिलाई सम्बोधन गर्ने, प्राविधिक र कानुनी कार्यविधि मिलाई बजेट सन्तुलित बनाउने, कार्यक्रम विवरणमा समावेश भएका कार्यक्रम शीर्षकमा सिलिङभित्रको अपुग रकम थप गर्नेलगायत सहमति भएको छ ।
सहमति पत्रमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, सांसद कृष्णप्रसाद खनाल, प्रतिपक्षको तर्फबाट बहादुरसिंह लामा तामाङ र उद्धव थापाले हस्ताक्षर गर्नुभएको छ । प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिजोदेखि अवरोध गर्दै आएका थिए ।