file photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष दाहाललाई आज साँझ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रचण्डले १ सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीका लागि दाबी पेस गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ समारोह भने भोलि हुने जनाइएको छ ।