हेटौँडा – आसन्न स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले मकवानपुरको बागमती गाउँपालिकामा अध्यक्षमा चारजनाकाे नाम सिफारिस गरेकाे छ । आज भएको गाउँ कमिटि बैठकले अध्यक्षमा खेमराज जर्गा मगर, छिरिङदोर्जे लामा, नरबहादुर लामा र राजकुमार तिमल्सीनालाई सिफारिस गरेको हो ।
बैठकले उपाध्यक्षमा गोपीकुमारी फुँयाल, बर्तमान उपाध्यक्ष धनमाया स्याङतान, राधिका तिमल्सिना, सर्मिला विक र सविना योञ्जनलाई सिफारिस गरेको नेकपा एमाले मकवानपुरका सदस्य खेमराज जर्गाले बताए । बागमती गाउँपालिकामा यस अघि भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेद्वार पराजित भएका थिए भने उपाध्यक्ष विजयी भएका थिए ।