मकवानपुर– हेटौंडा उपमहानगरपालिका–९ स्थित दिव्यज्योती आधारभुत विद्यालयमा क्वारेन्टाईनमा बसेका ६ जनालाई आज बिदाई गरिएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले उनिहरुलाई खादा ओढाएर सम्मानसहित विदाई गर्नुभएको हो ।

उहाँले वैदेशिक रोजगारीबाट फिर्किएका एवम् बाहिरबाट वडामा आएकाहरुकालागि वडा कार्यालयद्धारा सञ्चालित क्वारेन्टाईमा बसेकाहरुलाई आज खादा ओढाएर सम्मानसहित विदाई गर्नुभएको हो । उहाँले क्वारेन्टाईनमा बसेका भारत चेन्नइ र केरलाबाट आएका दुईजना पुरुष, बारा कोल्भिबाट आएका दुईजना महिला, सुर्खेतबाट आएका एकजना पुरुष र साउदी अरबबाट आएका एक जना पुरुषलाई खादा ओढाएर सम्मानसहित विदाई गर्नुभएको हो । उनिहरुलाई विदाई गर्दै जिसस प्रमुख खुलालले घरमा गएर पनि सुरक्षित बस्न र गाउँमा कोरोना सम्वन्धि जनचेतना फैलाउने काम गर्न आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरको सहयोगमा ९ नम्बर वडा कार्यालयले क्वारेन्टाईन निर्माण गरेको हो । क्वारेन्टाईनमा बसेकाहरुको पीसीआर परिक्षण नेगेटिभ आएपछि उनिहरुलाई घर पठाईएको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँले विदेशबाट तथा बाहिरी जिल्लाबाट आएका सम्पूर्णलाई क्वारेन्टाइनमा बस्न र आफूलगायत आफ्नो परिवार, समाज र देशलाई नै कोरोना संक्रमण मुक्त बनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।