हेटौंडा– स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सिफारिस गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले चितवनमा डाक्टरको घरमा कालो ब्यानर राख्ने र काठमाण्डौमा सिभिल अस्पतालका डाक्टर बस्ने घरबाहिर हुलदङ्गा गर्नेहरुलाई कारबाही गर्न प्रशासनलाई सिफारिस गरिएको जानकारी दिनुभयो ।
उहाँले स्वास्थ्यकर्मीलाई गरिने दुर्व्यवहार सह्य नहुने भन्दै दिनरात नभनी काम गरिरहेका स्वास्थ्यकर्मीलाई सम्मान गर्न आग्रह गर्नुभयो । भोक र तिर्खा नभनी डाइपर समेत लगाएर बिरामीको सेवामा खटिइरहेको बेलामा उनीहरुलाई सघाउनु सबैको कर्तव्य भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुने क्रम बढेसँगै विभिन्न पार्टीदेखि जनस्तरबाट पनि कारबाहीको माग उठेको छ ।