मकवानपुर– हेटौंडामा शुक्रबार बिहान बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१९ नेवारपानीमा यात्रुबाहक बस र मालवाहक ट्रक एकआपसमा ठक्कर खादा बसमा सवार एकजनाको मृत्यु भएको हो ।
काठमाडौंबाट सर्लाही जाँदै गरेको ना ६ ख १०८५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना २ ख ७५३८ नम्बरको डिब्बावाला ट्रकले बसको पछाडिको भागमा ठक्कर दिँदा बसमा सवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा सर्लाही चक्रघट्टाका अन्दाजी ४० बर्षीय राजकिशोर रायको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । उहाँको उपचारको क्रममा हेटौंडा स्थिति चुरेहिल अस्पतालमा मुत्यु भएको साथै ट्रक तथा बस र दुबै सवारीका चालक भने प्रहरी नियन्त्रणमा रहेका छन् ।