हेटौंडा । नेकपा (एमाले) का सचेतक महेश वर्तौलाले राज्यले उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न जरुरी भएको वताउनु भएको छ । आईतबार कुखुरा व्यवसायि संघ हेटौंडामा व्यवसायीहरुसंगको छलफलमा यस्तो बताउनु भएको हो ।

उहाँले काम गर्ने किसानले अनुदान नपाउने र कागजपत्र बनाउन जानेका केहिले राज्यसंग मिलेर अनुदान भित्र्याउने र हेर्न जाँदा कुखुरा, बाख्रा लगायतको कुनै कृषि उत्पादन नभेटिने विकृति बढेको उल्लेख गर्नुभयो । उहाँले मानिषका लागि सन्तुलित भोजन आवस्यक पर्ने र प्रत्यक बालबालिकाको लागि भान्सामा किसानले उत्पादन गरेको दूध, दहि, अण्डा, मासु लगायतको प्रोटिनयुक्त खाद्यान्न आवस्यक रहेको वताउनु भएको हो । उहाँले सरकारले सामुदायिक विद्यालयमा बालबालिकालाई खुवाउने खाजामा जंक फुडको सट्टामा पनि नेपाली किसानले उत्पादन अण्डा, दूध जस्ता खाद्यान्न खुवाउनुपर्ने वताउनुभयो ।
छलफलका क्रममा व्यवसायिहरुले कुखुरा साना किसानहरुले पाल्ने गरेको तर, अहिले ठुला मल्टी नेशनल कम्पनीहरुले बैंकमा परियोजना देखाएर ऋण लिने र कोज हाउसमा कुखुरा पाल्न थालेकाले यसबाट जनताको रोजगारी घटेको वताएका छन् ।
कार्यक्रममा कुखुरा व्यवसायी एवम् संघ मकवानपुरका पुर्व अध्यक्ष राजु अधिकारीले नवउद्धमीहरुका लागि सरकारले ल्याएको परियोजना धितो राखेर रिण लिने विधिको दुरुपयोग हुन थालेको र ठुला करिव ३० हजार भन्दा बढी कुखुरा पाल्ने व्यवसायीहरुले यस्तो काम गर्न थालेकोमा दुःख व्यक्त गर्दै साना किसानहरुका विषयहरुलाई राष्ट्रिय फोरमहरुमा उठाउन अनुरोध गर्नुभयो । “किसानका बिषय, कृषिमा हुने बिमा लगायतका बिषय सदनमा उठाइरहनु भएको छ । हामिले नजिकै बाट हेरिरहेका छौं । साना किसानहरुले पाल्ने कुखुरा र यस सम्बन्धी उत्पादनको बिषय पनि फोरमहरुमा बोल्दिनुपर्यो ।” उहाँले भन्नुभयो । छलफलका क्रममा सचेतक वर्तौलाले खुल्ला सिमा र त्यहाँबाट भित्रने सामग्रीहरु लगायतका बिषयमा अफुले एजेन्डा बनाउने वताउनुभयो ।