चितवन – नेकपा एमालेका उपाध्यक्षमा सबै अध्यक्ष केपी शर्मा ‘ओली प्यानल’का निर्वाचित हुनु भएको छ । भर्खरै सम्पन्न मतगणना अनुसार उपाध्यक्षमा उम्मेदवारी दिनु भएका घनश्याम भुसाल भने पराजित हुनु भएको छ । भुसालले ७२५ मत प्राप्त गरेको एमालेको निर्वाचन आयोगले जनाएको छ। उपाध्यक्षमा निर्वाचित अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६ मत ल्याउनुभउको छ ।