मकवानपुर– मकवानपुरको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा जारी निषेधाज्ञा पनि आगामी भदौ १५ गते सम्म यथावत रहने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (कमाण्ड पोष्ट) को आज बसेको बैठकले उक्त क्षेत्रमा जारी निषेधाज्ञा पनि आगामी भदौ १५ गतेसम्म यथावत राख्न जिल्ला सुरक्षा समितिमा सिफारीस गर्ने निर्णय गरेको हो ।
थाहा नगरपालिकामा गत भदौ २ गतेबाट र भीमफेदी गाउँपालिकामा गत भदौ ४ गतेवाट भोली भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । आजको बैठकले उक्त निषेधाज्ञा आगामी १५ गते सम्मका लागि यथावत राख्न सिफारीस गरिएको कमाण्ड पोष्टका सल्लाहाकार एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । उक्त क्षेत्रमा पनि अहिलेकै अवस्थामा निषेधाज्ञा जारी रहने उहाँले जानकारी दिनुभयो । कोरोना संक्रमितहरुको संकलित स्वाब परिक्षणको नतिजाहरु अझै नआईसकेको र कोरोनाको प्रभाव कस्तो छ भन्ने यकिन नभएका कारण निषेधाज्ञाा यथावत राख्ने निर्णय गरेको हो ।