काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष रक्षा मन्त्री डा.मीनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर रक्षा मन्त्री डा. रिजालले राजीनामा दिनुभएको हो ।
“नेपाली काँग्रेसको चौधौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त सङ्कुचित भएको स्पष्ट छ। यस कुरालाई हृदयङ्गम गर्दा मैले रक्षा मन्त्री पदमा रही रहनु नैतिक रुपमा उपयुक्त हुन्न । तसर्थ रक्षा मन्त्री पदबाट राजीनामा दिएको छु।” उहाँले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । नेपाली काँग्रेसका महामन्त्री पदमा उठ्नुभएका डा. रिजालले यसअघि, मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गर्नुभएको थियो ।