हेटौंडा– गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी अजिता भुजेलको हत्यामा सम्लग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ । मृत अवस्थामा फेला परेकी भुजेलको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान सुरु गरेको १७ औं दिनमा हत्यामा सम्लग्न भएको भन्दै ५ जनालाई सार्वजनिक गरेको छ । सहमतिमा यौन सम्पर्क पछि पैसा दिने क्रममा विवाद भएको र अजिताको हत्या भएको हालसम्मको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौर जानकारी दिनुभयो ।
घटनामा सम्लग्नलाई सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा एसपी राठौरले घटनामा सम्लग्न हेटौंडा–४ बस्ने वर्ष २४ को आशिष बल, हेटौंडा–१४ बस्ने वर्ष २१ बुद्ध लामा, हेटौंडा–९ बस्ने वर्ष १८ को सिमोन परियार र हेटौंडा–४ बस्ने वर्ष २५ को शुसिल थापा मगरले ७ हजार दिने सहमतिमा यौन सम्पर्क राखेका थिए । तर यौन सम्पर्क पछि पैसा दिने कुरामा विवाद भएको र हत्या गरेको अनुसन्धानबाट खुल्न आएको उहाँले जानकारी दिनुभयो ।
सिमोन परियारले ल्याएको ना ६ ख ६५२७ नम्बरको ट्रकको क्याबिनमा चारै जनाले यौन सम्पर्क गरेको र पैसामा कुरा नमिले पछि चारै जना मिलेर ट्रकभित्रै अजिताको हत्या गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले बताउनुभयो । अजिताले पैसा सहमति अनुसार मागेपछि विवाद भएको र उनिहरुले ट्रक भित्रै बिजुलीको तारले घाँटी अठ्याएर मारेको अनुसन्धानबाट खुल्न आएको कार्कीले जानकारी दिनुभयो । अजिता मरेपछि त्यही ट्रकमा राखेर क्याम्पाडाँडामा लगेर फालेको जनाइएको छ ।
प्रहरीले अजिताले बोक्ने मोबाइलको माध्यमबाट घटनामा सम्लग्नलाई पक्राउ गर्न सकेको जनाएको छ । मृतक अजिताले बोक्ने मोबाइल हेटौंडा–११ बस्ने वर्ष २० एलिसा पाख्रिनसँग बरामद गरेपछि घटनाको रहस्य खुल्दै गएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । पाख्रिनको माध्यमबाट अन्य चार जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय मकवानपुर र अपराध महाशाखा टेकुको प्रहरी टोली खटिएको थियो । हत्यामा सम्लग्न भएको भन्दै प्रहरीले हेटौंडा–११ बस्ने वर्ष २० एलिसा पाख्रिन, हेटौंडा–४ बस्ने वर्ष २४ को आशिष बल, हेटौंडा–१४ बस्ने वर्ष २१ बुद्ध लामा, हेटौंडा–९ बस्ने वर्ष १८ को सिमोन परियार र हेटौंडा–४ बस्ने वर्ष २५ को शुसिल थापा मगरलाई पत्रकार सम्मेलन मार्फत सार्वजनीक गरेको छ । उनिहरुले थानाभ¥याङमा ना ६ ख ६५२७ नम्बरको ट्रक भित्र भुजेलको हत्यार गरेर क्याम्पाडाँडामा लगेर फालेको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको समेत उहाँले बताउनुभयो ।