नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्यहरुद्वारा उम्मेदवारी दर्ता गरेका छन् । हेटौंडा–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा मेयरमा अनन्त प्रसाद पौडेल, उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गर्नु भएको हो । यसैगरी वडा अध्यक्षका उम्मेदवारहरु र वडा सदस्यका उम्मेदवारहरुले पनि आजै उम्मेदवारी दर्ता गरेका हुन् । आसन्न स्थानीय तह निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्य पदहरुमा उम्मेदवारी दर्ता गर्न नेकपा एमाले हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुअघि हेटौंडामा र्याली निकालेको छ । बाजागाजा र झाँकीसहित सयौँको संख्यामा एमाले नेता तथा कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पुगेका हुन् ।
एमालेबाट वडा नम्वर १ मा उत्तमप्रसाद पौडेल, २ मा हरिबहादुर राउत, ३ मा रामकुमार पुडासैनी, ४ मा नविन सिग्देल, ५ मा शुसिल घिमिरे, ६ मा विश्वराज राई, ७ मा राजन थापा ८ मा बोलबहादुर कार्की र वडा नम्वर ९ मा लक्ष्मणप्रसाद भण्डारीले उम्मेदवारी दिँएका हुन् । त्यस्तै वडा नम्वर १० मा फुर्वादोर्जे लामा, ११ मा जुना दाहाल, १२ मा राजेश नगरकोटी, १३ मा पेम्बा लामा, १४ मा दिपक खड्का, १५ मा सुनिल मोक्तान, १६ मा बसन्तप्रसाद लामिछाने, १७ मा लक्ष्मण खुलाल, १८ मा अनिलकुमार बानियाँ र वडा नम्वर १९ मा नरनाथ सुवेदीले उम्मेदवारी दिएका हुन् ।