हेटौंडाः नेकपा मकवानपुरले ४८ सदस्य जिल्ला सचिवालय तोकेको छ । शनिबार बसेको जिल्ला कमिटी बैठकले ४८ सदस्य सचिवालय तोकेको हो । बैठकले तत्कालिन नेकपा एमालेकाबाट २६ जना र तत्कालिन माओबादी केन्द्रका २२ जना गरि कुल ४८ सदस्य सचिवालय सदस्य चयन गरेको छ । साथै बैठकले एक महिना भित्रमा नेकपाको स्थानीय तह कमिटि निर्माण गर्ने निर्णय गरेको समेत गरेको छ ।
त्यस्तै शनिबारकै बैठकले मकवानपुरका दशवटै स्थानीय तहमा तत्कालिन एमाले र तत्कालिन माओबादीका अध्यक्ष र सचिव रहने गरि निर्णय गरेको छ । स्थानिय तहमा तत्कालीन एमालेको भागमा ६ वटा र माओबादीको भागमा ४ वटा स्थानीय तहमा अध्यक्ष पाउने गरि निर्णय गरिएको छ । बैठकले तत्कालिन एमालेको भागमा हेटौंडा उपमहानगरपालिका, बकैया गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, भिमफेदी गाउँपालिका, कैलास गाउँपालिका र गढी गाउँपालिकामा अध्यक्ष पाउने भएको छ । भने बाँकी ४ वटा थाहा नगरपालिका, मनहरी, राक्सिराङ् र बागमति गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष पाउने भएको छ । एमालेले अध्यक्ष पाएको स्थानमा माओबादीले सचिव पाउने भएको छ । पार्टीको भागबण्डा लगाईए पनि ब्यक्ति तोकिएको छैन ।