सांकेतिक तस्विर

हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित शनिबार एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० बसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको हो ।
हेटौंडा–१० बसपार्कमा शंकास्पद रुपमा हिंडिरहेका पर्सा जिल्ला पर्सागढी नगरपालिका– ९ बस्ने ३६ वषिया खेमराज कुँवरलाई शुरक्षाजाँ गर्ने क्रममा २ किलो लागु औषध गाँजा सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । गाँजा सहित पक्राउ परेका कुँवरबिरुद्ध आवश्यक कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।