हेटौंडा– नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २२१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार सात सय १७ जनामा गरिएको परिक्षणमा १२ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको कुल सख्या ३८ हजार पाँच सय ६१ पुगेको मन्त्रालयले जनाएको छ ।
आजसम्म देशभरिमा १७ हजार पाँच सय १८ जना संक्रिय संक्रमितक रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी गत २४ घण्टामा थप दुई सय ६७ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणपछि निको हुनेको कुल संख्या २० हजार आठ सय २२ पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार उपचारपछि निको भई घर फर्कनेको संख्या ५४ प्रतिशत रहेको छ ।
यस्तै सक्रिय संक्रमितहरुमध्ये एक सय ४४ जनाको आइसियुमा र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा अस्पताल, आइसोलेसन सेन्टर र क्वारेनटाइनमा बसेका संक्रमित व्यक्तिहरुलाई चित्त नबुझेको कुरा सम्बन्धित निकायमा राख्न अनुरोध गर्नुभयो ।
प्रा.डा. गौतमले एक जना संक्रमित व्यक्तिले तीन हजार व्यक्तिसम्मलाई सङ्क्रमण सार्न सक्ने सम्भावना रहेको हुँदा कोरोना भाइरसबाट संक्रमित व्यक्ति अझ बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । मन्त्रालयका अनुसार मोरङ, धनुषा, बारा, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, रुपन्देही, चितवन, ललितपुर र काठमाडौं गरी हाल ११ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमितहरु रहेका छन् भने मुस्ताङ र हुम्लामा संक्रमण शून्य रहेको छ ।