हेटौंडा – मकवानपुर प्रहरीले आईतबार मास्क नलगाई हिड्ने ५९ जनालाई कारबाही गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालय समेतबाट खटिएको प्रहरी टोलिले मास्क नलगाई हिंडडुल गर्ने ५९ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जनही एक सय रुपैयाँका दरले जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।