हेटौंडा । हेटौँडास्थित शहीद स्मारकमा बृहत हस्तकला स्थानीय उत्पादन तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेला आजबाट सुरू भएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ र सहिद स्मारक विकास समितिको संयुक्त आयोजनामा सुरु मेलाकाे बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्नुभएकाे हाे ।
सहिद सप्ताह २०८० को अवसरमा ‘स्थानीय उत्पादनको प्रवद्र्धन स्वोरोजगार बनाउने अभियान घरेलु उधोग कृषि र पर्यटन कला सस्कृतिको संरक्षण’ भन्ने मुल नाराकोसाथ मेला आयोजना गरिएको सहिद स्मारक विकास समितिका सचीवव रघुनाथ खुलालले बताउनुभयाे । एक हप्तासम्म सञ्चालन हुने प्रदर्शनी मेलामा स्थानीय उत्पादनहरुलाइ प्रचारप्रसार र संयोजन गर्ने गरि घरेलु उत्पादनको कृषि सामग्री तथा हस्तकला सम्बन्धि सामानहरुको स्टल राखिएको उहाँले बताउनुभयाे । कार्यक्रममा ११ नम्बर वडाका ८० वर्ष माथिका ९७ जना बृद्धबृद्धाहरुलाई सम्मानसमेत गरिएको थियो ।
हेटौंडा ११ कि वडाध्यक्ष जुना दहालको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य राम चन्द्र राई, संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, पूर्व सांसद जुनेली श्रेष्ठ लगाएतकाको उपस्थिती रहेको थियो ।