file photo

हेटौंडा – मकवानपुर प्रहरीले वन मुद्धामा जरिवना भुक्तान गर्न बाँकी रहेर फारार रहेका दुई जना प्रतिवादीलाई आईतबार पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको २०७३ साल भदौ १४ गतेको फैसालाले वन मुद्धामा जरिवना भुक्तान गर्न बाँकी दुई जनालाई आज पक्राउ गरेको हो ।
प्रहरीले वन मुद्धामा फरार हेटौंडा–१५ का ५० वर्षिया अमृत स्यातान र ५२ वर्षिय सुके राय लो भन्ने दिपक लोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हेटौंडा–१५ बाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराएको उहाँले बताउनुभयो ।