काठमाण्डौ – भारतसँगको टेष्ट क्रिकेटमा न्युजिल्याण्ड १० विकेटले विजयी भएको छ । मात्रै ९ रनको लक्ष्य न्युजिल्याण्डले दोश्रो ओभरमै विनाविकेट भेट्टाउँदै न्युजिल्याण्ड विजयी भएको हो ।

पहिलो पालीमा १ सय ८३ रनले पछि परेको भारतलाई दोश्रो पालीमा १ सय ९१ रनमा अलआउट गरेपछि न्युजिल्याण्डले ९ रनको झिनो लक्ष्य पाएको थियो । दोश्रो पालीमा भारतका मयाँक अग्रवालले बनाएको ५८ रन सबैभन्दा धेरै भयो । न्युजिल्याण्डका टीम साउथीले ५ र ट्रेण्ट बोल्टले ४ विकेट लिए । न्युजिल्याण्ड भ्रमणमा रहेको भारतले थप एक टेष्ट क्रिकेट खेल्नेछ ।