दाङको घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरीले ३१७२८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँकाे निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २६३६८ मत ल्याउनु भयो ।
उपप्रमुखमा नेकपा एमालेकै हुमा डिसिले ३०४०३ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका भुप बहादुर डागीले ३०३५४ मत ल्याउनु भयो । घोराही उपमहानगरपालिकाका १९ वडा मध्ये एमाले अध्यक्ष १३ वटा गठबन्धनका तर्फबाट कांग्रेस ५ वडा र माओवादीले एउटा वडा जितेको छ ।